पोखरा । मणिपाल शिक्षण अस्पतालमा एक महिलाले तिम्ल्याहा जन्माएकी छन् ।धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले तिम्ल्याहा बच्चा जन्माएकी हुन् । कमलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनले जन्म दिएका तिम्ल्याहा शिशुको स्वास्थ्यमा समस्या देखिएको छ । शिशुहरुको स्वास्थ्यमा समस्या भएपछि आर्थिक अभावका कारण उपचारमा पनि समस्या भएकाले सहयोगका लागि आफन्तले अपिल गरेका छन ।

परियारले हिजो सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन ।अति सघनकक्षमा राखिएका तीन बच्चाको उपचारका लागि आर्थिक समस्या भएको उनका श्रीमान् राजु परियारले बताए । कमलाले जन्माएका एउटा छोराको तौल साढे तीन किलो, अर्को छोरोको तौल साढे दुई किलो तथा छोरीको तौल ८सय ग्राम रहेको छ ।

तिम्ल्याहा बच्चाको उपचारका लागि टोल सुधार समितिले सोमबार हिलापोखरी, ताकम, शिवाङ र काफलडाँडामा घरदैलो गरी करीब ६० हजार रुपैयाँ जुटाएको समितिका अध्यक्ष राम्जी मल्लले जानकारी दिए ।  रासस
सांकेतिक तस्बिर : गुगलबाट

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter