काठमाडौं, ११ मंसिर । केन्द्रीय कमिटी बैठकको माग गर्दे पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका नेकपा २२ केन्द्रीय सदस्यसँग छलफलका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले खुमलटारस्थित आफ्नो निवासमा निम्तो दिएका छन् ।

छिटो केन्द्रीय कमिटीको बैठक माग, केन्द्रीय सचिवालयलाई सर्वेसर्वा बनाउन नहुने मागका साथ २२ (सुरुमा १८ र पछि ४) केन्द्रीय सदस्यले ५ असोजमा पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका थिए ।

केन्द्रीय सदस्य डा बिजय पौडेलको नेतृत्वमा बुझाइएको ज्ञापन पत्र र उनीहरुको सरोकारको विषयमा छलफल गर्न आज दिउसो २ बजे खुमलटारमा ती केन्द्रीय सदस्यहरुलाई बोलाइएको हो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter