पोखरा, मंसिर १२ ।
कास्कीका ३ वटै संघीय निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतका आयोजना छनोट भएका छन् । सबै योजना छनोट भएर संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा पठाइएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

एउटा निर्वाचन क्षेत्रमा ४ करोडका दरले पूवाधार विकासका लागि योजना छनोट गरिएको हो । अधिकांश सडक पूर्बाधारलाई प्राथमिकता दिएर योजना तयार गरेको पाईको छ । क्षेत्र नम्बर १ मा ७, २ मा १० र ३ मा १० वटा सडक पूर्वाधारका योजना छनोट भएका छन् । सडक पूर्वाधार निर्माण र स्तरोन्नतिका लागि मात्रै १२ करोड मध्ये ६ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ ।

कास्कीमा क्षेत्र नम्बर १ मा ७ वटा सडक पूर्वाधारका योजना बाँडिएको छ । उक्त क्षेत्रमा ४ करोड मध्य १ करोड ८५ लाख रुपैयाँ सडक पूर्वाधारका लागि छुट्याइएको हो । रामाकोट–रामादी सडकका लागि सबैभन्दा धेरै १ करोड रुपैयाँ छुट्याइएको छ । त्यसैगर सम्पदा मार्ग ताङतिङ–कोहाँलासोथरलाई ७० लाख रुपैयाँ छुट्याइएको छ ।

शिशुवा अदर्शचोक सडक, शिशुवालाई १५ लाख छुट्याइएको छ । ढिकालेथर शिव मार्ग सडक, कदम मार्ग सडक, स्याङखुदी अर्धाता सरोपाखा र विजय पुर–सुनपदाली, सुर्केमैदानका लागि १०र१० लाखका दरले छुट्याइएको छ । क्षेत्र नम्बर २मा १० वटा सडक पूर्वाधारका लागि योजना छनोट गरिएको छ ।

उक्त क्षेत्रमा सबैभन्दा धेरै रकम सृजना चोक आकासे पुल निर्माणका लागि ५० लाख, गणेश मन्दिर देखि अम्विका टोल कालिखोला डिलसम्मको बाटोका लागि ५० लाख, बन विज्ञान अध्ययन संस्थानको मुल गेट बाट आदर्श मार्गसम्मको बाटोको लागि ३० लाख, मुलखेत र गौरीखेत जोड्ने मोटरेवल पक्कि पुलका लागि ३० लाख, घारी हुँदै पिपलडाली वडा कार्यालय सम्मको सडक स्तरोन्नतिको लागि ३५ लाख, गाइगौंडा नयाँपुल–चिरगादी सडकका लाग २० लाख, शान्ति मार्ग सडकका लागि २० लाख, कालिका स्थान देउराली, गिरी गाउँ – पंधेरा लाम्पाटा र आदर्श मार्ग–२ बाटो ढलानका लागि १०–१० लाखका दरले पर्ने गरी योजना छनोट गरिएको छ ।

क्षेत्र नम्बर ३मा पनि १० वटा सडक पूर्वाधारका लागि बजेट छ । उक्त क्षेत्रमा बाम्दी–चापाकोट – खोरापाख– वराड–पाभ्रे सिम्पानी र छोरेपाटन– कोवीखोला–फुस्रेखोला–खाल्से कुविन्डे ग्रामिण सडकका लागि २०र२० लाख रुपैयाँ, मेथलाङ – गौडाको मुख– रक गार्डेन सडकका लागि १० लाख, काडें– भदौरे सल्यान ग्रामिण सडकका लागि ५० लाख, गिरीचोक –झोबाङ घुम्ती– झेबाङ – धार्मार्जुङ ग्रामिण सडकका लागि १५ लाख, दाङसिङ– मोहोरिया– फुलिवाङ घान्द्रुक ग्रामिण सडकका लागि १० लाख, विरोठाटी,–तिखेढुंगा उल्लेरी ग्रामिण सडकलाई १५ लाख, मत्क्यू हुँदै उरी वडा कार्यालय सम्मको ग्रामिण सडकका लागि १५ लाख र खोराको मुख–ठूटुंगा ल्वाङ ग्रामिण सडकका लागि १५ लाख र सविक बराह आधारभूत विद्यालय देखि खलेखर्क सम्मको ग्रामिण सडकका लागि १५ लाख रुपैयाँ छुट्याइएको छ ।

योजनामा माछापुच्छ«े गाउँपालिकामा एक घर एक धारा बृहत खानेपानी योजनाका लागि १ करोड २० लाख छुट्याइएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत क्षेत्र नम्बर ३ अन्तर्गत उक्त योजना छनोट गरिएको हो । उक्त क्षेत्र अन्तर्गत अन्नपूर्ण गाउँपालिका १मा दलित बस्ती खानेपानी योजनाका लागि १० लाख छुट्याइएको छ ।

यसैगरी क्षेत्र नम्बर १ ले लेखनाथ साना शहरी खानेपानी योजनाका लागि ५० लाखको योजना छनोट गरेको छ । क्षेत्र नम्बर २ मा काहुँ बृहत खानेपानी आयोजनाको स्तरोन्नतिका लागि २५ लाखको योजना छनोट गरिएको छ । बन विज्ञान संस्थान गेट देखि घले चोक सम्मको खानेपानी विस्तार आयोजनाका लागि १० लाख छुट्याइएको छ । तीन वटै निर्वाचन क्षेत्रमा स्थानीय विकास साझेदारी कार्यक्रम अन्तर्गतका योजनामा विद्यालय भवन निर्माण, खेल मैदान र बृद्धाश्र्रम लगायतका योजना समेत छनोट भएका छन् ।
साभार: http://dnanepal.com

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter