काठमाण्डु, १४ मंसिर –मिस बर्ल्डमा ‘हेड टु हेड च्यालेन्ज’ का लागि भोट गर्ने अवधि दुई दिन थप गरिएको छ । यसअघि २८ नोभेम्बरसम्म भनिएकोमा अब ३० नोभेम्बरसम्म भोट गर्न पाइनेछ । भोटिङमा अहिलेसम्म नेपालकी श्रृंखला खतिवडा अग्रस्थानमा छिन् । मल्टिमिडिया अवार्ड र हेड टु हेड च्यालेन्जका लागि पब्लिक भोट आवश्यक हुन्छ ।

मल्टिमिडिया अवार्ड जितेमा श्रृंखला सर्ट कर्ट बाटोबाट फाइनल राउन्ड (टप ३०) मा प्रवेश गर्न सक्छिन् । हेड टु हेड च्यालेन्जमा पनि उनी आफ्नो समुहमा प्रथम भए दोस्रो राउन्डमा जानेछिन् । दोस्रो राउन्डमा अन्य २० समुहका विजेताहरुसँग उनले प्रतिस्पर्धा गर्नुपर्ने छ, जसबाट १० जना फाइनल राउन्डका लागि छानिन्छन् ।

‘अहिलेसम्मकै किर्तिमानी संख्यामा भोटिङ भइरहेको अवस्थामा सबैले भोट हाल्ने मौका पाउन् भनेर हामीले ३० नोभेम्बर बेलुकी ५ बजेसम्मलाई भोटिङ अवधि लम्ब्याएका छौं,’ मिस वल्र्डको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ।

श्रृंखलालाई भोट गर्नका लागि चार विकल्पहरु छन्

१. उनको आधिकारिक मिस वल्र्ड पेज https://m.facebook.com/Miss-World-Nepal-297574443671301/ लाई लाइक गर्ने र यसमा उनले पोष्ट गरेका सामग्रीहरुमा लाइक र कमेन्ट गर्ने

२. मिस वल्र्डको आधिकारिक वेबसाइट https://missworld.com मा गएर श्रृंखलालाई भोट गर्ने

३. मोबस्टार एपमा गएर त्यसमा श्रृंखला खतिवडाको आधिकारिक अकाउन्ट (निलो टिक लगाइएको) खोली उनले पोष्ट गरेका फोटोहरुलाई दायाँबाट बायाँ स्वाप गर्ने र कमेन्ट गर्ने https://www.youtube.com/watch

४. https://missvo.modelpowergd.com मा गएर उनको फोटो लाइक गर्ने ।

श्रृंखलासँग अहिले फाइनल राउन्डमा पुग्नका लागि यी दुई बलिया अवसरहरु देखिएका छन् । टप ३० मा पुगेपछि भने अगाडि बढ्न उनले निर्णायकहरुकै मन जित्नुपर्छ । मिस बर्ल्डको फाइनल ८ डिसेम्बरमा चीनको सान्यामा हुँदैछ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter