काठमाडौँ । लोकदोहोरी गायिका एवम् मोडल ज्योति मगर द्विअर्थी गीतसंगीतका पर्याय नै हुन् । उनका प्रायः गीतमा द्विअर्थी शब्द हुन्छन् भने नृत्य पनि युवापुस्तालाई चित्ताकर्षक किसिमका हुन्छन् । ज्योतिको गीत गाउने शैलीका कारण देशविदेशमा हुने स्टेज कार्यक्रममा उनलाई प्राथमिकतामा राखेर बोलाइन्छ ।

हालै गायिका तथा मोडल मगर एकादशी मेलाका अवसरमा आयोजित एक कार्यक्रममा सहभागी हुन नवलपरासी गएकी थिइन् । कार्यक्रम सकेर होटेल फर्केपछि आयोजकमध्ये प्रितम थापाले उनलाई दुर्व्यवहार प्रयास गरेको खबर बाहिर आएको छ ।

आयोजकबाटै त्यस्तो व्यवहार भएपछि प्रहरीले थापालाई राति नै नियन्त्रणमा लिएको थियो । भोलिपल्ट बिहान केही महिला अधिकारकर्मीसँगै ज्योति थापालाई थुनिएको प्रहरी चौकी पुगिन् । तर थापाले माफी दिन धेरै अनुरोध गरेपछि ज्योतिले थापालाई क्षमादान दिएकी थिइन् ।

तर त्यसको एकसाता बित्न नपाउँदै ज्योतिले शनिबार राति फेसबुकमा लाइभ गरेकी छिन् । शनिबार दिउँसो २ः३० बजे चितवन बस्ने भनेर फेसबुकमा स्टटस लेखेकी ज्योति शनिबार साँझ कार्यक्रमपछि होटल फर्किइन् ।

सुत्ने तरखरमा रहेकी ज्योतिको ढोकामा राति २ बजे ढक्ढक गरेपछि उनलाई डर लाग्यो । त्यसपछि उनले फेसबुकमा लाइभ गरिन् । त्यसपछि मोबाइललाई एक छेउमा राखेर उनले ढोका खोलिन् ।

ढोका ढक्ढकाउने अरु कोही नभएर त्यही होटलका मालिक थिए । होटलमा आएर त्यहाँका मालिकले आफ्नो हाइलक्स गाडीको साँचो समेत लिएर जान भनेका थिए । ज्योतिलाई होटल मालिकलाई कोठाबाट बाहिर पठाउन निकै समस्या परेको थियो ।

करिब ५ मिनेट लामो विवादपछि होटल मालिकलाई ज्योतिले बल्लतल्ल बाहिर पठाइन् । त्यसपछि उनले आफसँग चितवनमै केही दिनअघि भएको घटनासमेत सम्झिइन् ।
Photo : jukson.com

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter