काठमाडौँ, मंसिर १७ । पोल र पर्खालहरुमा टाँसिएका निर्मलाको तस्विर र त्यसमुनि लेखिएका नारा प्रहरीले च्यातेपछि नेविसंघले प्रहरीको गाडीमा नै उक्त पोस्टर टाँसेको छ ।
कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्तको हत्यारालाई पक्राउ गरि न्याय दिलाउनको लागि माग गर्दै नेपाल विद्यार्थी संघले प्रहरीको भ्यानमा पोस्टर टाँसेको हो । मंगलबार राजधानीको आरआर क्याम्पस नेविसंघ इकाइले निर्मलाको फोटो भएको ‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएको पोस्टर गाडीमा टाँसेको हो ।

पोस्टर टाँसेपछि प्रहरीले तत्काल च्यातेका थिए भने प्रदर्शनीकारीहरुलाई पनि लखेटेका थिए । नेविसंघ आरआर क्याम्पसका नेता उत्तम साउदका अनुसार निर्मलालाई न्याय माग्दै पाँच सय वटा पोस्टर टाँसिएको हो।
गत साउन १० गते वेपत्ता भएकी निर्मलाको शव ११ गते बलात्कारपछि हत्या गरि फालिएको अवस्थामा भेटिएको थियो । हालसम्म पनि प्रहरीले वास्तविक अपराधिलाई समाउन नसकेको प्रति सरकार नै अपराधिको संरक्षणमा लागेको भन्दै चौतर्फी आलोचना भएको छ । केही समय सेलाएको संघर्ष पुनः शुरु भएको देखिएको छ ।

अनशनमा बसेका निर्मलाका बुबाको मानसिक अवस्था बिग्रँदै जादासमेत सरकारले कुनैपनि कदम नचालेको र न्यायका दिने लक्षण नदेखाएको भन्दै नेपाली कांग्रेस, नयाँ शक्ति लगायतका राजनीतिक दलहरुले निर्मलाको न्यायका लागि आन्दोलन गर्ने घोषणा गरिसकेका छन् । केही दिनअगाडी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले समेत निर्मलाको न्यायका लागि संघर्ष गर्ने प्रतिवद्धता जारी गर्दै सडकमा उत्रिएको थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter