काठमाडौं, १८ मंसिर । राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् । उनले भने,‘अब यो सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन । हाम्रो पार्टीको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय लिन्छ ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले आफूहरुले सरकारमा जानको लागि यो सरकारलाई समर्थन नगरेको पनि स्पष्ट पारे । उनले भने,‘हामीले त संविधान संशोधन र आन्दोलनका बेला हाम्रा नेता तथा कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता गराउनको लागि यो सरकारलाई समर्थन दिएको हो । तर, दुई वटै विषयमा अहिलेसम्म सरकारले हामीसँग कुनै छलफल नै गरेको छैन् । त्यसैले अब समर्थन कायम राख्नुपर्ने औचित्य छैन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकार पूर्ण रुपमा असफल भैसकेको पनि आरोप लगाए । उनले भने,‘सरकारले कुनैपनि गतिलो काम गर्न सकेको छैन् । स्थानीय सरकारमा अहिले विकास रकमको चरम दुरुपयोग भएको छ । बास्तवमा भन्ने हो भने यो सरकारले राम्रो काम केहीपनि गर्न सकेको छैन् ।’ सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन समेत कायम गर्न नसकेको उनको आरोप छ ।

उनले भने,‘चार महिना अघि भएको निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण आजपनि चर्चित नै छ । यो कसको कमजोरी हो ? एउटा बच्च बलात्कृत हुन्छ, त्यसलाई मारिन्छ, र त्यसको दोषी को हो भन्ने पत्तै लाग्दैन् । अनि यो भन्दा निकम्मा सरकार अरु को होला ? यो देशमा यतिका प्रहरी छन् । सशस्त्र प्रहरी छन् । सेना छ । लाखौंको संख्यामा सुरक्षाकर्मीहरु छन् । अझ नपुगेर भर्ना गरिँदैछ । के को लागि ? केवल मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्नको लागि ?’

साँढे ३३ केजी सुन तस्करी प्रकरण अहिले सेलाएको भन्दै सरकारकै कारण यो प्रकरण सेलाएको उनको आरोप छ । उनले थपे,‘अहिले त जेलमा भएकाहरुपनि धमाधम छुट्दैछन् ।’

कर्णले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिश्चियन धर्म प्रचार गर्नको लागि नै योगदान पुर्याएको आरोप लगाए । उनले भने,‘यदि प्रधानमन्त्री वा अरुले बरु क्रिश्यिचन धर्म नै कबुल गरेको भए मलाई केही पनि भन्नु थिएन । तर, देशको सरकार प्रमुखले नै एउटा धर्मको निमित्त खर्च गर्ने र प्रचार गर्ने यो विल्कुल गलत काम भयो । व्यक्तिगत रुपमा केपी ओली क्रिश्चियन बन्न सक्नुहुन्छ । त्यो उहाँको व्यक्तिगत छुट हो । तर, उहाँ अहिले मुलुकको प्रधानमन्त्री हो । उहाँ प्रधानमन्त्री भईकन जुन एउटा धर्मको प्रचारमा लाग्नुभयो, यो विल्कुल गलत हो । यो हाम्रो संविधानको बर्खिलाप हो । संविधानले पनि यसलाई सहँदैन् । उहाँले जुन काम गर्नुभएको छ, त्यो विल्कुलै गलत काम हो ।’रिपोर्टर्स नेपाल.कम मा खबर छ

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter