काठमाडौ, २० मङ्सिर ।  त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मंगलवार दिउँसो तीन बजे पुग्दा निर्मलाका बुवा यज्ञराज पन्त विक्षीप्त अवस्थामा उपचाररत थिए । उनी ‘मेल सर्जिकल वार्ड’ को २०१ नम्वरको वेडमा पल्टि रहेका थिए, संगै थिइन मानबअधिकारकर्मी प्रेमवती राणा ।

गत मंसिर आठ गते भर्ना भएका यज्ञराजलाई सुरुमा इमरजेन्सी कक्षमा राखिएको थियो । लगत्तै आईसिसीयू वार्डमा राखिएको थियो । यज्ञराजले कुराकानीको क्रममा भने–‘दोषी पत्ता लगाएन यो सरकारले भने म फेरी कञ्चनपुर पुगेर अनसनमा बस्छु । ’

बाहिर मिडियामा आएकाे जस्तो यज्ञराजलाई मानसिक वार्डमा उपचार गराइएको छैन । हाल हेरचाहका लागि उनका भाइ र भिनाजु खटिएका छन् । वार्डमा पुग्ने वित्तिकै उनले भने–‘मैले श्रीमतिलाई घर पठाइहाले । दुइ वटी छोरी छन् । फेरी निर्मलाको जस्तै होला भनेर उनलाई घर पठाए ।’

मानवअधिकारकर्मी प्रेमवती राणाले चिन्ताका कारण उहाँ पिडाले विक्षिप्त भएको बताउँदै उनले भनिन्–‘उहाँलाई छोरीको मृत्यू पछि चिन्ता त छ तर, जुन किसिमले बाहिर हल्ला गरिएको छ । त्यसो होइन ।’

यज्ञराजलाई उपचारका लागि गत मंसिर आठ गते अस्पताल पुर्याइएको थियो । उनी कार्तिक २५ गतेदेखि कञ्चनपुर जिल्ला प्रशासनको गेट अघि धर्ना बस्दै आएका थिए । उनी छोरीको मृत्यू भएदेखि चिन्ताका कारण बेलाबेलामा बरबराउँ छन् ।

चिकित्सकका अनुसार यज्ञको स्वास्थ्य अवस्था सुधारोन्मुख अवस्थामा छ । अहिलेसम्म एक लाख रुपैंया बढि रकम खर्च भइसकेको उनले बताइन् । मानवअधिकारकर्मी राणाले भनिन्–‘सरकारले सबै खर्च रकम व्यहोरेको छ । सरकार निर्मलाको हत्या पत्ता लगाउन कमसेकम संवेदनशील हुनुपथ्र्यो ।’ निर्मला पन्त हत्या भएको एक सय २० दिन कटिसकेको छ ।

सरकारले उच्चस्तरीय आयोग गठन गरेपनि परिणाम अहिलेसम्म निस्कन सकेको छैन । निर्मला बलत्कारपछि हत्या प्रकरणमा अनुसन्धानमा कमजोरी भएको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरिक्षक डिल्लीराज विष्टलाई सरकारले बर्खास्त गर्यो । निर्मलाका बुवा यज्ञराजले वेडबाटै भने–‘हत्यारा नसमातेसम्म मेरो अनसन रोकिदैंन ।’ –लालटिनखबरबाट 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter