काठमाडौं, २१ मंसिर ।  नेपाल आइडल-२ को टप फाइभबाट अमित बराल बाहिरिएका छन्। शुक्रबार प्रसारित कार्यक्रमबाट बराल बहिरिएका हुन्।

उनले नेपाल आइडलमा आन्तिम गित मीनराज पौडेलसँगै ‘खुसी छु म आज’ बोलको गाएका थिए। बिहीबारको कार्यक्रममा उनले ‘कहिले आउँछ होला त्यो दिन’ बोलको गीतमा स्वर दिएका थिए।

बरालले नेपाल आइडलका पछिल्ला कार्यक्रममा दमदार प्रस्तुति दिएर सबैको मन जितेका थिए। अघिल्लो इपिसोडमा पुस्पन प्रधानको स्वरमा रहेको ‘पन्छी’ बोलको गीत गाएपछि उनको लोकप्रियता चुलिएको थियो।

कार्यक्रममा सबैभन्दा बढी भोट पाउने सिट सुमित पाठकले सुरक्षित गरे भने परफरमर अफ दी डेको उपाधि विक्रम बरालले चुमे। कार्यक्रमकी उद्घोषक रीमा विश्वकर्माले ‘अमित बरालको नेपाल आइडलको यात्रा यहाँसम्म मात्र’ भन्दै बराल बाहिरिएको सुनाउँदा बराल पछाडि फर्केर आँसु पुछिरहेका थिए।

पुस्पनले आफ्नो गीतको विधाता नै अमित भएको भन्दै कार्यक्रममा उद्घोष गरेपछि उनको चर्चा बढेको थियो।

कार्यक्रमका अतिथिका रूपमा चलचित्र निर्देशक नीर शाह र गीतकार दिनेश अधिकारी उपस्थित थिए। अतिथि कलाकारका रूपमा चलचित्र ‘सु श्री सम्पत्ति’का कलाकार सलोन बस्नेत र सारा सिर्पाइली तथा चलचित्र निर्देशक सुव्रत आचार्य उपस्थित थिए ।

अमितले नेपाल आइडलमा अहिलेसम्म दिएका उत्कृष्ट प्रस्तुतिको छोटो भिडियो क्लिप पर्दामा देखाइएको थियो। भिडियो हेर्दाहेर्दै उनी धेरैपटक भक्कानिए। घरि दुवै हातले आँसु पुछ्दै हुन्थे त घरि जबरजस्ती हाँस्न खोजिरहेका थिए।

जजको आँखामा पनि आँसु छचल्किरहेको थियो। अमितका लागि केही बोल्न उनीहरू एकअर्कालाई आग्रह गरिरहेका थिए। शब्दविहीन थिए सबै। कार्यक्रमकी उद्घोषक रीमा र आसिफ अमितलाई हेर्र्र्र्दै एकोहोरिएका थिए। दर्शकहरू निःशब्द देखिन्थे। मञ्चमा एकखालको शून्यता छाएको थियो।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter