२१ मंसिर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं–१३ मा एउटी पाँच वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । शितगंगा नगरपालिका–१३, सिमलपानी हिटनटोलाकी पाँच वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा स्थानीय ४० वर्षीय देव वहादुर सुनाखरीलाइ पक्राउ गरेको छ ।

स्थानीय स्कुलमा शिशु कक्षामा अध्ययन गर्ने बालिका स्कुल सकिएपछि घर फर्किने क्रममा शीतगंगा नगरपालिका–१३, थाप्लेबारी, भेँडामारे भन्ने स्थानमा बलात्कृत भएकी हुन् ।सधैं ३ बजे घर आउने छोरी बेलुकासम्म घरमा नआएपछि खोजतलासको लागि गाँउतिर जाँदा बालिका रुँदै आउन लागेको भेटेको बालिकाका बाबुले बताए । उनीहरुले छोरीसँग सोधपुछ गर्दा र शरीर जाँच गराउँदा बलात्कार भएको थाहा पाएपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको शंकास्पद व्यक्तिलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय ठाडामा ल्याई थप अनुसन्धान गर्दा देव बहादुरले नै घटाएको स्वीकार गरेको प्रहरीले जानकारी दिएकाे छ । जिल्ला स्वास्थ्य कार्यालयमा उपचारपछि पीडित बालिकाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।

घटनाका अभियुक्तलाई जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter