काठमाडौँ, २७  मङ्सिर ।  पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकमा अहिलेकै अवस्थामा संविधान कार्यान्वयन नहुने बताएका छन् । पूर्वराष्ट्रपति यादवले बिहिबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाज’ पुस्तक बिमोचन गर्दे यस्तो दाबी गरेका हुन् ।

यादवले आफू पदबाट बाहिरिको २ वर्ष नबित्दै संविधान कार्यान्वयन नहुने आश्चर्यजनक अभिव्यक्ति दिएका हुन्।

पूर्वराष्ट्रपति यादवले भने, ‘संविधानमा सबैको भावना समेटिनुपर्छ । तर संविधानले तराईबासीलाई सन्तुष्ट पार्न सकेन । सबै पक्षको भावना नसमेटिएको संविधान कार्यान्वयन हुन ग्राहो हुन्छ । त्यस कारण यो संविधान लागू हुन्न ।’

अहिलेको संविधान डा यादव राष्ट्रपति भएकै बेला २०७२ असोज ३ गते जारी भएको थियो । संसदबाट संविधान जारी गर्दा तत्कमालित राष्ट्रपति यादवले नेपालको संविधान विश्वकै नमूना भएको ’बताएका थिए ।

संविधान ९२ प्रतिशत सभासदले पारित गरेर जारी गरिएको थियो । संविधानसभाबाट संविधान बनेको मुलुकहरू मध्ये यो सर्वाधिक प्रतिशत हो ।

संविधानसभाबाट संविधान बनेका अन्य मुलुकमा ६० देखि ७० प्रतिशत सभाषद्हरुले मात्र स्वीकार गर्दै आएका छन् । तर पनि ती मुलुकमा संविधान पूर्णरूपमा कार्यान्वयन भएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter