गण्डकी प्रदेशसभा सदस्य  घर्तीमगरको अपोलो अस्पतालमा निधन भएको छ । सांसद टेकबहादुर घर्तीमगरलाई गत मंगलबार उपचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा भर्ना गरिएको थियो ।

एयर एम्बुलेन्सबाट अपोलो अस्पताल पुराएर सांसद घर्तीमगरलाई अस्पतालको लिभर आइसीयुमा भर्ना गरिएको थियो । गएराति करीव १ बजे अस्पतालका डाक्टरहरुले उनको मृत्यु भएको घोषणा गरेको घर्तीमगरकी श्रीमती सुनमाया घर्तीले जानकारी दिइन् ।

प्रदेश सांसद घर्तीमगरको १७ दिनसम्म काठमाडौंस्थित ग्राण्डी अस्पतालको आइसीयुमा उपचार भएको थियो । त्यहाँ निको नभएपछि नयाँ दिल्लीको अपोलो अस्पताल पुराइएको थियो ।

ढोरपाटन नगरपालिका– ५ अधिकारीचौर सइखोलाका सांसद घर्ती राष्ट्रिय जनमोर्चाका सक्रिय र अत्यन्तै मिलनसार नेता थिए । सांसद घर्तीमगर बागलुङको क्षेत्र नं २ को ‘ख’बाट प्रदेश सभा सदस्यमा बामगठवन्धनबाट उम्मेदवार बनी विजयी भएका थिए । ४६ वर्षीय घर्ती बिगत केही दिनदेखि कलेजोसम्बन्धी रोगबाट पीडित रहेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter