काठमाडौं । मेलेम्ची खानेपानी आयोजना निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनीका म्यानेजरसहित ८ जनाको पासपोर्ट जफत गरिएको छ । खानेपानी मन्त्रालयको अनुरोधमा गृहमन्त्रालयको निर्देशनपछि प्रहरीले म्यानेजर क्रिच्यिानो ग्रेसोसहित ८ जनाको पासपोर्ट जफत गरेको हो ।

निर्धारित समयमा काम नसकि भाग्न लागेको आशंकामा उनीहरुको पासपोर्ट जफत गरिएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ । महाशाखा प्रमुम एसएसपी धिरजजप्रताप सिंहले खानेपानी मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयको निर्देशनपछि उनीहरुको पासपोर्ट जफत गरिएको जानकारी दिए ।

उनीहरु क्रिसमस मनाउन जाने भन्दै काम छाडेर दुई दिन अघि काठमाडौं आएका थिए । काठमाडौंका विभिन्न होटलमा लुकीछिपी बसिरहेका उनीहरुलाई पक्राउ गरेर पासपोर्ट जफत गरिएको एसएसपी सिंहको भनाई छ ।

विभिन्न कारणले मेलम्चीको पानी आउन ढिलाई भईरहेको छ । अबको दुई महिनाभित्र पानी ल्याउने गरी काम भईरहेको खानेपानी मन्त्रालयले जनाएको छ ।

गत दशैं अघि नै काठमाडौंमा मेलम्ची खानेपानी आयोजना आईपुग्ने दाबी गरिएपनि अहिलेसम्म ८० प्रतिशत मात्रै काम भएको छ । अबको दुई महिनाभित्र काठमाडौंमा पानी आउने गरी काम भईरहेको खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले जानकारी दिए ।

केही समय अघि संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सचिव ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौं आउने ठोकुवा गरेका थिए । ‘म ठोकुवा गरेर भन्छु ६० दिनमा मेलम्चीको सबै काम सकिन्छ । ढुक्क हुनुस् २ महिनामा मेलम्चीको पानी आउँछ ।’

हाल टनेलको हालसम्म २४ किलोमिटर टनेलको फिनिसिङ सकिसकेको छ । आयोजनामा हालसम्म २६.३५ अर्ब रुपैंया खर्च भैसकेको छ । तर खानेपानी मन्त्री र खानेपानी सचिवले भने जस्तो ६० दिन भित्र मेलम्चीको पानी काठमाडौंमा आउन नसक्ने ठहर गरिएको छ ।

प्रतिनिधिसभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजना निर्माणस्थल सुन्दरीजलकोे स्थलगत अनुगमन गरि तत्काल मेलम्चीको पानी काठमाडौं आउने सम्भावना नरहेको ठहर गरेको थियो ।
kendrabindu.com बाट

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter