विश्व विख्यात गायन रियालिटि शो द भ्वाइसको नेपाली संस्करण केही दिन अघि सकिएको छ । डिजिटल अडिसन, ब्लाइन्ड राउन्ड, लाइभ, सेमिफाइनल हुदै फाइनलको यात्रा सम्म चार टिमबाट एक एक ट्यालेन्टहरु पुगेका थिए । कतारको दोहामा सम्पन्न फाइनलमा टिम दिपका सि.डि.बिजय अधिकारीले पहिलो द भ्वाइस अफ नेपालको उपाधि चुम्न सफल भए । फाइनल कार्यक्रम कतारमा रहेका हजारौ नेपालीहरुको साथमा सम्पन्न भएको थियो । जसमा धुमुस र सुन्तलीलाई बिशेष अतिथिको रुपमा देखिएको थियो । पहिलो द भ्वाइस अफ नेपालले नगद रु २५ लाख, एउटा कार, २० लाख बराबरको गित रेकडिङ्ग र बोल्ड टुर प्राप्त गर्नेछन् ।

द भ्वाइस अफ नेपालका निर्देशक लक्षमण पौडेलले द भ्वाइस अफ नेपालले सफलता प्राप्त गरेको मा सम्पुर्ण दर्शक, शुभचिन्तक तथा टिमलाई धन्यवाद व्यक्त गर्दै, पुसको अन्तिम साता देखि डिजिटल अडिसन शुरु हुने कुरा जानकारी गराउनुभयो । पहिलो संस्करणमा फरम्याट बुझन केही समय लागेको तर अबको संस्करणमा सहज हुनुका साथै केही नयाँ परिवर्तन पनि हुने बताउनु भयो ।डिजिटल अडिसनको लागि छिटटै द भ्वाइसले आह्वान गर्नेछ । अन्य अडिसन भन्दा यो डिजिटल अडिसन निकै सहज पनि रहेको छ । घरमै बसेर रेर्कड गरेर आफनो अडिसन दर्ता गर्न सकिनेछ । अडिसन कै लागि भनेर लामो लाइनमा बस्नु पर्ने बाध्यता रहने छैन ।

 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter