पोखरा, ३ पुस । पोखरामा बढदो ट्राफिक जामलाई मध्यनगर गदै पोखरा महानगरपालिकाले सडक वीचमा हरेका आइल्याण्ड, फुटपाथहरु भत्काउने अभियान सुरु गरेको छ । ट्राफिक ब्यवस्थापनमा कठिनाई भएको भन्दै महागनरले सडकका वीच भागमा रहेका आइल्याण्डलाई सानो बनाउने अभियान सुरु गरेको हो ।

महानगरले सोमबार पोखराको ब्यस्तचोक मुस्तांङचोकमा रहेको भत्काएर सानो बनाएको छ । महानगरले यसअधि  पृथ्वीचोक, जिरोकिलो मिटर, बिरौटा,  अमरसिंहचोकका आइल्याण्ड भत्काईएर सानो आकारको बनाएको थियो ।

पोखराका एक दर्जन चोकहरुमा रहेका ठूला र  भद्धा आइल्याण्डको कारण सवारी दुर्घटना बढ्दै गएको र ट्राफिक ब्यवस्थापनमा जटिलता थपिदै गएपछि एक पछि अर्को गर्दै आइल्याण्ड भत्काउन थालेको  महानगरका सुचना अधिकारी गंगाल सुवेदीले बताउनुभयो ।

मुस्तांङचोकमा रहेको आइल्याण्ड चक्लाउने समयमा  कास्की जिल्ला समन्यव समितिका सभापति बैन बहादुर छेत्री , पोखरा १७ क वडा अध्यक्ष तीर्थराज अधिकारी , पोखरा ७ का अध्यक्ष रामचन्द्र बरालको उपस्थिती रहेको थियो  ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter