चैत्र ८, पोखरा । विश्वका अर्बपतिको सुचीमा नेपालका विनोद चौधरी १ हजार ५ सय ६७ औं स्थानमा परेका छन् । चौधरी ग्रुपका अध्यक्ष रहेका चौधरीको कुल सम्पत्ति १ दशमलव ३ अर्ब अमेरिकी डलर रहेको छ । फोब्र्स म्याग्जीनले निकाल्ने अर्बपतिको सुचीमा चौधरी गतबर्ष १ दशमलव १ अर्ब सहित १ हजार ५ सय ७७ औं स्थानमा थिए ।
विश्वका अर्बपतिहरुको प्रतिवेदन सार्वजनिक गर्दै आएको विश्वविख्यात पत्रिका फोब्र्सले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यसवर्ष पनि माइक्रोसफ्टका संस्थापक बिल गेट्स नै विश्वका सबैभन्दा धनी व्यक्ति देखाइएको हो ।
उनको सम्पत्ति ८६ बिलियन डलर रहेको बताइएको छ । जबकी अघिल्लो वर्ष उनको सम्पत्ति ७५ बिलियन डलर थियो ।
दुई नम्बरमा रहेका वारेन बफेटको सम्पत्ति भने झण्डै १५ बिलियनले बढेर ७५ दशमलव ६ बिलियन डलर पुगेको छ । ७२ दशमलव ८ बिलियन सम्पत्तिसहित तेस्रो नम्बरमा अमेजनका फाउन्डर जेफ बिजोस रहेका छन् । फेसबुकका मालिक मार्क जुकरबर्ग पाँचौं नम्बरमा छन् ।

 


यसबर्ष विश्वमा अर्बपतिहरुको संख्या १३ प्रतिशत थपिएको छ । गत वर्षको सूचीमा २२० नम्बरमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसवर्ष ५४४ औं स्थानमा ओर्लिएका छन् । अमेरिकामा सबैभन्दा धेरै अर्बपति रहेको प्रतिवेदनमा उल्लेख छ । अर्बपतिको संख्यामा चीन दोस्रो र जर्मनी तेस्रो नम्बरमा छ ।अमेरिकामा ५६५, चीनमा ३१९ र जर्मनीमा ११४ अर्बपति छन् । २ हजार ४३ अर्बपतिमा २२७ जना महिला रहेको पनि फोब्र्सले जनाएको छ ।
अर्बपतिको सुचीमा अमेरिकाका बिल गेट्स अग्रस्थानमा रहेका छन् । फोब्र्सको सुचीमा उनी लगातार ४ वर्षसम्म संसारकै धनी व्यक्तिको रुपमा कायम रहेका छन् ।
यता भारतमा भने सर्बाधीकमा मुकेश अम्बानी परेका छन् । उनी २३ अर्ब २ करोड अमेरिकी सम्पत्तिसहित फोर्ब्सको समग्र सूचीको ३३ औं नम्बरमा छन् ।
१६ अर्ब ४ करोड अमेरिकी डलरसम्पत्तिका साथ लक्ष्मी मित्तल ५६ औं स्थानमा र १४ अर्ब ९ करोड सम्पत्तिका मालिक अजिम प्रेमजी ७२ औं स्थानमा छन् । भारतीय अर्बपतिहरुमा मित्तल दोस्रो र प्रेमजी तेस्रो नम्बरमा छन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter