पुस, पोखरा । १० वर्षीया बालिका श्रेया सुनारको बलात्कारपछि हत्यामा दोषी ठहर भएका कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले आजन्म कैदको फैसला सुनाएको छ । मुलुकी संहिता २०७५ मा बलात्कारपछि हत्यामा दोषीलाई जिवित रहेसम्म कैद गर्ने व्यवस्था भएपछि अदालतले गरेको यो पहिलो फैसला हो ।

कास्की जिल्ला अदालतका न्यायधीश योगेन्द्र प्रसाद शाहको ईजालसले उनलाई जन्मकैदको सजाय सुनाएको हो । पोखरा महानगरपालिका २२ का मीनबहादुर विकको जाहेरीको आधारमा २७ बर्षिय पौडेललाई जन्मकैदको फैसला सुनाईएको अदालतले जनाएको छ । पौडेलमाथी भएको जन्मकैदको फैसला नेपालको ईतिहासमै पहिलो फैसला हो । मुलुकी अपराध संहिता २०७४ ले ६ किसिमको अपराधलाई जिवित रहदासम्म कैदको व्यवस्था गरेको छ ।

महान्यायाधिवक्ताको कार्यालयका अनुसार नयाँ मुलुकी संहिता लागू भएपछि आजीवन कैदको माग गर्दै अरु पनि केही मुद्दा दर्ता भएका छन् । तर, अदालतबाटै आदेश आएको यो यो पहिलो भएको प्रवक्ता संजीवराज रेग्मीले जानकारी दिए ।

१० वर्षीया बालिका श्रेयाको असोज ९ गते हत्या भएको थियो । घटनाको २४ घन्टा नबित्दै पौडेल पक्राउ परेका थिए । बलात्कार प्रयास गर्दा बालिकाले प्रतिकार गरेपछि घाँटी थिचेर हत्या गरेको उनले स्वीकार गरेका थिए ।

रक्सीमा मात्तिएर श्रेयामाथि बलात्कार गर्न खाजेको र नमानेपछि हत्या गरेको पौडेलले स्वीकारेका थिए । पैसाको लोभ देखाएर बाटोभन्दा केही पर लगेर बलात्कार गर्न खोजेको, श्रेयाले प्रतिकार गरेपछि घाँटी थिचेको र बेहोस भएको थाहा भएपछि ढुंगाले टाउकोमा हानेर हत्या गरेको कुसुमले अदालतमा बयान दिएका थिए ।

श्रीयालाई हत्या गरेको कसैले थाहा नपाओस् भनेर शवलाई झाडीमा फालेर हिँडेको उनको बयान छ । रक्सीको जोसमा आफूले होस गुमाउँदा यस्तो घटना घटेको पौडेलले बयान दिएका थिए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter