नुवाकोट, ४ पुस ।  किस्पाङ गाउँपालिका ५ स्थित मैलुङ प्रहरी चौकी बासिन्दाले आक्रमण  गरेका छन् । बासिन्दाको आक्रमणबाट २ प्रहरी घाइते भएका छन् । बासिन्दाले पक्राउ परेका व्यक्तिलाई प्रहरीले खोलामा बगाएको भन्दै चौकीमा आक्रमण गरेका हुन् ।

माथिल्लो त्रिशूली घ ए को सामाग्री चोरी गरेको आरोपमा मंगलबार राति ४ जना परेका थिए । प्रहरीले पक्राउ परेका मध्ये रसुवा उत्तरगया वडा नम्बर २ का मैते तामाङ भाग्ने क्रममा त्रिशूली नदीमा पसेर बेपत्ता भएको जनाएको छ ।

बासिन्दाले भने मैतेलाई प्रहरीले नै नदीमा बगाएर भाग्ने क्रममा आफै बगेको आरोप लगाएको बताएका छन् ।

प्रहरीको गाडी तोडफोड भएको छ । प्रहरी चौकीमा क्षति पुगेको छ । बासिन्दाले चौकी आक्रमण गरेपछि प्रहरी ५ राउण्ड हवाई फायर गरेका् छ । बासिन्दा र प्रहरीको झडपले मैलुङ तनावग्रस्त बनेको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter