एजेन्सी, काठमाडौं / लोकप्रीय राष्ट्रपतिका रुपमा चर्चा बटुलेका अमेरिकाका पुर्व अश्वेत राष्ट्रपति बाराक ओबामा फेरी एक पटक चर्चामा आएका मात्रै छैनन् सामाजिक सञ्जालहरुमा भाइरल बनेका छन् ।

राष्ट्रपतिबाट पद मुक्त भएपछि उनले व्यापरिक कम्प्लेक्समा काम गरेको तस्वीर र भिडियोले भाइरल बनेका राष्ट्रपति ओबामा बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल अस्पताल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेको तस्वीर र भिडियो सार्वजनीक भएपछि झन भाइरल बनेका छन् ।

क्रिसमस नजिकँदै गर्दा सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा उपहारको पोको बोकेर अस्पताल पुगेका ओबामालाई देखेर मानिसहरु आश्चर्यचकित बनेका एजेन्सीहरुले बताएका छन् ।  उनको सार्वजनीक भिडियो र तस्वीरमा उनी साधारण पहिरन र शैलिमा देखिन्छन् । ओबामाले  त्यसपछि अस्पतालमा रहेका बिरामी बालबालिकालाई उपहार दिनुका साथै तस्वीरसमेत खिचाएका देखिन्छन् ।

बासिंटन पोस्टका अनुसार उनले अस्पतालमा करिब डेढ घन्टा बिताएका थिए। उनले अस्पतालमा बालबालिकासँगै चिकित्सक तथा नर्ससँगसमेत भलाकुसारी गरेका थिए। बालबालिकालाई दिने उपहारको पोको बोकेर हिँडेका ओबामाको फोटो र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter