काठमाडौं- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकले उत्तरपुस्तिका पुनःपरीक्षण सम्बन्धी सूचना प्रकाशित गरेको छ । २०७५ को ब्यवस्था बमोजिम कक्षा ११ को वार्षिक परिक्षाको नतिजामा चित्त नबुझी पुनःपरीक्षणको लागि निवेदन दिएका विधार्थीहरुले पुनःपरीक्षणको २०७५/८/१२ गते प्रकाशित नतिजा प्रकाशन नतिजा चित्त नबुझाएको कुरालाई ध्यानमा राख्दै परिक्षा बोर्डले फेरी अर्को सुचना जारी गरेको हो।

बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिएको पुस ३ गते प्राप्त भएको उत्तरपुस्तिका पुनः परीक्षण निर्देशिका, २०७५ मा व्यवस्था भए अनुसार मंसिर १२ गते प्रकाशित पुनर्योगको नतिजा चित्त नबुझेमा पुनः परीक्षण गर्न पाउने जनाएको छ । बोर्डले सूचना सार्वजनिक भएको १५ दिनभित्र तोकिएको शर्त पूरा गरी प्रतिविषय २ हजार रुपैयाँ शुल्क तिरी पुनः परीक्षण गर्न सक्ने बताएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter