पुष-०५, पोखरा/ रोटरी क्लब अफ पोखराले आज एक कार्यक्रमका विच कास्की पोखरा महानगरपालिका वडा नं २२, तारेभिर  स्थित दुर्गा आदारभुत विधालयमा अध्यनरत सम्पूर्ण विधार्थीलाई विधालय पोशाक र स्विटर वितरण गरेको छ । वडा नं २२ का निर्वाचित सदस्य मात्रिका बरालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विधालयमा शिशु देखि आठ सम्म अध्यनरत ५० जना विधार्थीलाई स्विटर र पोशाक वितरण गरेको विधालयका प्रधानाध्यापक राम प्रसाद शर्माले बताए ।

अत्यन्तै चिसो स्थानमा रहेको र गरिबीको समस्याले गर्दा जाडोमा कठ्याङ्ग्रिदै विधालय पढ्न आउने वाध्यतामा धेरै सहजता आउने र विधार्थीहरुलाई थप हौसला थपिएको भन्दै कार्यक्रमका सभापति तथा विधालय व्यस्थापन समितिका अध्यक्ष दधिराम आचार्यले रोटरी परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।

शिक्षा प्राप्त गर्ने मौलिक अधिकार प्राप्त गरेता पनि गरिबीको चपेटामा परेर जाडोमा न्यानो अभावले विधार्थीहरु विधालयमा आउने क्रममा अति समस्या रहेको हामीले सुन्यौ र हाम्रो सानो प्रयासले कलिला बालबालिकाको उज्यालो भविष्य कोर्ने एउटा सहजताको माध्यम बन्न पाउने सौभाग्य सदुपयोग गरेर विधार्थी हरुलाई पोशाक र स्विटर वितरण गरिएको कार्यक्रमका संयोजक तथा रोटरी क्लब अफ पोखराका पुर्व अध्यक्ष बाबुराम बरालले बताए ।

कार्यक्रमकै शिलशिलामा रोटरी क्लब अफ पोखराका सहकार्य संस्था हरु रोटर्याक्ट क्लब अफ पोखराले पत्रिका पढ्ने प्रतियोगिता र रोटर्याक्ट क्लब अफ पोखरा जि.एम.सीले हात धुने, दात माझ्ने, जीवनजल  बनाउने लागायतका स्वस्थकर रहने उपायहरुको तालिम दिएका थिए ।

पत्रिका पढ्ने प्रतियोगितामा कक्षा १ देखि ५ सम्मको प्रतियोगितामा कुसुम पौडेलले प्रथम स्थान हासिल गरेकी थिईन भने सन्देश आचार्य दित्तीय र अरुण अधिकारि तृतीय भएका थिए । त्यसै गरि कक्षा ६ देखि ८ सम्मको प्रतियोगितामा सन्तोष आचार्यले प्रथम स्थान हासिल गरेका थिए भने, दित्तीय स्थानमा हिमा गुरुङ र तृतीय स्थानमा निसान नेपालि आएका थिए । विजेताहरुलाई रोटर्याक्ट क्लब अफ पोखराले पुरस्कार प्रदान पनि गरेको थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter