पुस, दाङ । दाङको तलुसीपुर नगरपालिका ३ राम्री भन्ने ठाउँमा विद्यार्थी चढेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

घोराहीको कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्ष्टिच्युटका विद्यार्थी बोटनीसम्बन्धी प्राक्टिकलको भ्रमणको लागि सल्यानको छायाक्षेत्र गई फिर्ताहुने क्रममा बा ४ ख ९७६६ नम्बरको बस सडकबाट अन्दाजी ६र७ सय मिटर तल खसी दुर्घटना भएको हो । दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दुर्घटनास्थलमा ३ महिला १३ पुरुषको जम्मा १६ लास फेला परेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा ३४ जना विद्यार्थी,२ शिक्षक र एक जना चालक रहेका थिए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter