काठमाडौं, ७ पुस । भाेली शैक्षिक संस्था बन्द हुने भएका छन् । भोलि आइतबार शैक्षिक संस्था बन्द हुने भएका हुन् ।

तुलसीपुर सल्यान सडक खण्डमा भएको बस दुर्घटनामा २३ जनाको मृत्युु भएको शोकमा भोलि दाङका सम्पुर्ण शैक्षिक संस्था बन्द हुने छन् ।

बस दुर्घटनामा शिक्षक र विद्यार्थीको निधन भएकाले सबै स्थानीय तहले शोकमा जिल्लाका सम्पुर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

हिजो दाङमा भएको बस दुर्घटनामा मृत्युपरि २३ जनाको निधन भएको थियो । तुलसीपुर–सल्यान सडक खण्डमा तुलसीपुर उपमहानगरपालिका ३ राम्री भन्ने स्थानमा बा ४ ख ९७६६ नं. को बस दुर्घटनामा परेको थियो ।

रोडबाट अन्दाजी ६–७ सय मिटर तलखसेर बस दुर्घटना भएको थियो ।

मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको दाङ प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मृत्यु भएकाहरूको शव राप्ती अञ्चल अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter