१२ पुस, काठमाडाैँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भिआइपी भनिएको निर्मला पन्तको बलात्कारी र हत्यारालार्इ जन कारबाही गर्ने भएको छ । नेकपाका प्रवक्ता खडकबहादुर विश्वकर्मा (प्रकाण्ड) ले निर्मला पन्तको हत्यारालाई आफ्नो पार्टीले कारबाही गर्ने र त्यसका निम्ति अनुसन्धान गरिरहेको जानकारी दिए ।

बिहिबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी सरकारले निर्मला पन्तको हत्यारालाई कारबाही गर्न असक्षम भएको बताउँदै अव नेकपाले कारबाही गर्ने बताए । उनले भने ‘समय दिनुस्, हामीले अव कारबाही गरेर देखाउँछौं ।’

उनले नेकपाभित्र नेताहरुको दृढ एकता भएकाले अन्य दलका नेताहरुलाई छटपटाहट भएको हुनाले उनीहरुले प्रकाण्ड र बिप्लबबीचको एकता टुटाउन भ्रम फैलाउने गरेको पनि प्रवक्ता प्रकाण्डले बताए । उनले प्रकाण्डलाई विप्लबले नै पक्राउ गर्न लगाएको भन्ने हल्ला निराधार रहेको बताए । साथै देशभर विप्लवको पार्टीले चन्दा आतंक फैलाएको चर्चा चलिरहेको भन्दै पार्टीको चन्दा असुलीको कुनै नीति नरहेको बताए । भिडियो साैजन्य अनुमोदन दैनिक

dainiki.com बाट

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter