पोखरा, पुस १२ ।
हरेक पटकको नयाँ बर्ष महोत्सवमा पोखराको लेकसाईडमा हुने आतिसबाजी यसबर्ष नहुने भएको छ । उच्च अदालत पोखराले नयाँ बर्षमा आतिसबाजी नगर्न रेवानलाई आदेश जारी गरेको छ । बुधबार भएको बहसपछि ध्वनी प्रदुषणका कारण धेरै जीवजन्तुलाई असर गरेको र वातावरणीय प्रभाव परेको भन्दै आतिसबाजी र पटका नपड्काउन आदेश दिएको हो ।

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष रामबहादुर पौडेलले उजुरी गरेका थिए । निवेदन उपर छलफल गरि न्यायधिश रामचन्द्र यादव र नरबहादुर शाहीको इजलासले यस्तो अन्तरिम आदेश जारी गरेको हो ।

पोखराको डिहिकोपाटन देखि खहरेचोक हुँदै कोमागाने पार्कसम्मको साढे ३ किलोमिटर क्षेत्रमा रेवाले बर्षेनी नयाँ बर्ष महोत्सव गर्दै आएको छ । धेरै पटक आतिसबाजी नगर्न प्रशासन र अन्य सरोकारवाला निकायमा ध्यानाकर्षण गरेपनि त्यसको सुनवाई भएको थिएन । कसैले पनि नटेरेपछि अदालत गुहार्नुपरेको निवेदक पौडेलले बताए ।

रेवानले पनि अदालतको आदेश स्विकार गर्ने बताएको छ । बुधबार भएको पत्रकारसम्मेलनमा पत्रकारहरुले आतिसबाजीको कुरा उठाएपछि आँफुहरु अदालत भन्दा ठूलो नभएको भन्दै अदालतको निर्णय पालना गर्ने रेवानका महासचिव गणेशबहादुर थापाले बताए । अन्तरिम आदेश सँगै अवको महोत्सवमा आतिसबाजी नहुने पक्का भएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter