काठमाडौँ,  १२ पुस ।  खानेपानीमन्त्री विना मगरले मेलम्चीको पानी आउने मिति अब नतोक्कने बताएकी छिन् । मन्त्री मगरले काठमाडौंमा मेलम्चीको पानी कहिले आउँछ भन्ने विषयमा अब मिति नतोक्ने बताएकी हुन् ।

बिहीबार (आज) संसदको विकास समितिमा बोल्दै उनले अब पानी आउने भएपछि मात्र मिति तोक्ने जानकरी दिएकी हुन् । समितिमा सांसदहरुले यसअघि ६० दिनभित्र पानी आउँछ भनेको स्मरण गराउँदै किन नआएको भनी प्रश्न गरेपछि उनले अब मिति नतोक्ने बताएकी हुन् ।

यसअघि मन्त्री भएदेखि नै मेलम्चीको पानी आउने मिति पटक-पटक तोकेकी उनको चर्को आलोचना भएको थियो ।

गत महिना संसदीय समितिमै खानेपानी सचिव गजेन्द्र ठाकुरले ६० दिनभित्र मेलम्चीको पानी काठमाडौं आउने दावी गरेका थिए । तर त्यसको केही दिनमा नै मेलम्ची आयोजनाको मुख्य ठेकेदार इटालियन कम्पनी सीएमसीले एकतर्फी काम छाडेको घोषणा गरेको थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter