पुस-१२, काठमाण्डौ / सरकारी कार्यालयमा कार्यरत कर्मचारीको लापरबाहीका कारण कार्यालयहरु बाट जारि हुने सुचनाका भाषा र शब्दहरु यति बेला विवादित बनिरहेका छन् । पररास्ट्र मन्त्रालय बाट रास्ट्रपतिका नाममा इन्डोनेसियाका लागि जारि विज्ञप्तिमा समवेदनाको सट्टा बधाई जाने अर्थ लागे पछी परराष्ट्र मन्त्रालय विवादित बनेको छ ।

फेरी अर्को एक सरकारी कार्यालय द्वारा प्रकाशित सुचनामा यस्तै एउटा गम्भीर त्रुटी फेला परेको छ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, ठुलोभर्‍याङ, बागमति द्वारा जारि सुचनामा ‘हाम्रो यातायात व्यवस्था विभाग सम्मको लिङ्गमा समस्या रहेको’ भनिएको छ । लिंक हुनुपर्नेमा कर्मचारीको लापरबाही र सहि गर्ने हाकिम साबहरुको हतासोले गर्दा यस्तो हुन गएको भन्दै उक्त सुचनाको फोटो सामाजिक सञ्जालहरुमा राखेर भाईरल बनाईएको छ । धेरैले यसलाई लाजमर्दो विषय भनेका छन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter