काठमाडाैँ । १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानमा लापरबाही गर्ने प्रहरीविरुद्व मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

अनुसन्धान प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको आरोपमा आठ प्रहरीविरुद्ध मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिएको हो ।

एआईजी धीरु बस्न्यान नेतृत्वको छानबिन समितिको प्रतिवेदनको आधारमा मुद्दा चलाउन आईजीपी सर्वेन्द्र खनालले निर्देशन दिएका हुन् ।सेवाबाट हटाइएका एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदशी भट्टसहित अवकासप्राप्त डीएसपी ज्ञानबहादुर सेठी, डीएसपी अंगुर जिसी, सईहरु रामसिंह धामी, इन्द्रसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई सार्वजनिक न्यायविरुद्धको कसुर मुद्दा चलाउन निर्देशन दिइएको छ ।

सार्वजनिक न्यायविरुद्धको कसुरको दफा ८९, ९१, ९२, ९६ र ९९ अनुसार आठैजनालाई मुद्दा चलाइने भएकाे हाे ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter