काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइडबडी विमानमा व्यापक भ्रष्टाचार भएकाे देखिँदा-देखिँदै पनि  दाेषीलाइ उन्मुक्ति दिन खाेजेकाे भन्दै नयाँ शक्ति नेपालले विराेध जनाएकाे छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा बाबुराम भट्टराई नेतृत्वको साे पार्टीले वाइडबडी खरिदमा भएकाे भ्रष्टाचारका दाेषीलाइ एक मिनेट पनि पदमा रहने नैतिक अधिकार नभएकाे बताएकाे छ । पार्टीका सामाजिक-राजनीतिक परिचालन समिति संयोजक नवराज सुवेदीले बिहीबार एक बिज्ञप्ती जारी गर्दै वाइडबडी प्रकरणमा संसदीय उपसमितिबाट दाेषी ठहर भएका मन्त्रीहरू, सचिवहरू र निगमका महाप्रबन्धकलाई कारबाही हुनुपर्ने माग गरेकाे छ ।

दाेषीलाइ कारबाही नगरे सशक्त संघर्षमा उत्रिने चेतावनी पनि पार्टीले दिएकाे छ । राष्ट्रलाई टाट पल्टाउने र घोटालालाई राजनीतिक ढाकछोप गर्ने प्रयत्न भइरहेको विज्ञप्तिमा जनाइएकाे छ ।

‘कुनै पनि बहानामा छानबिन उप-समितिको सिफारिश र ठहरलाई उल्टाउने दुष्प्रयास नगरी वाइडबडी विमान खरिद मिलेमतो र अनियमितताको अझै गहीरो छानबिन गरी सम्पूर्ण दोषीहरुमाथि सिघ्र कडा कार्वाहीको माग गर्दछौँ । दोषीहरुलाई बचाउने दुस्प्रयास कतैबाट भएमा पुन: संघर्षमा उत्रन बाध्य हुने ब्यहोरा समेत जानकारी गराउँछौँ,’ विज्ञप्तीमा भनिएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter