काठमाडौँ, २५ पुस ।  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको शवबाट निकालिएको भनिएको ‘भजाइनल स्वाब’को वैधानिकता जाँच्न उनकी आमाको डीएनए टेष्ट गरिने भएको छ ।

यसका लागि आमा दुर्गादेवीले महाकाली अञ्चल अस्पतालमा पुगेर रगतको नमुना दिएकी छन् ।

१० साउनमा साथी रोशनी बम कहाँ पढ्न गएकी निर्मलाको शव भोलिपल्ट विहान बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो ।

घटनामा संलग्न अहिलेसम्म पक्राउ गरेका छैनन् । घटनामा संलग्न रहेको आशंकामा थुप्रै मानिस पक्राउ परेपनि डीएनए टेष्ट नमिलेपछि सबै छुटेका छन् । यसले निर्मलाको शवबाट संकलन गरिएको ‘भजाइनल स्वाब’को वैधानिकतामाथि प्रश्न उठेको छ ।

प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट आएको डीएनए प्रोफाइल जाँच गरिपाउँ भन्दै दुर्गादेवी बिहान जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर पुगेकी थिइन् ।

प्रहरी प्रमुख एसपी कुवेर कडायत, अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक कृष्णराज ओझालगायतले रगत निकाल्ने काम अस्पतालमा मात्रै हुने बताएपछि उनलाई महाकाली अस्पताल लगिएको थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter