खलङ्गा, २५ पुस ।  जुम्लामा आजदेखि ठूली भैली खेल्न शुरु गरिएको छ । भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका महिलाले परम्परा बचाउनकै लागि भैली खेल्न शुरु गरेका हुन् ।

पुसको तेस्रो साता प्रतिपदाका दिनदेखि खेलिने ठूली भैली जुम्लासहित कर्णालीका पाँचै जिल्लामा शुरु भएको छ । पहिले मन मिल्ने बूढापाका, बालबालिका, युवकयुवतीका समूह बनाएर चार पाँच दिन खेलिने सो भैलीको महत्व विस्तारै घट्न थालेको संस्कृतिसम्बन्धी जानकार रमान्द आचार्यले बताए ।

पर्वका रुपमा रहेको ठूली भैलीमा सबै साथीसङ्गी मिली नयाँ पहिरनमा सजिएर आफन्तजनका घर घरमा गएर भैलो खेल्ने चलन रहेको आचार्यले जानकारी गराए । उनका अनुसार फुर्सदको समय बिताउन, रमाइलो तथा परम्परा जोगाउन खेलिने भैलो पछिल्लो समय हराउँदै गएको छ ।

बाह्रौँ शताब्दीतिर जुम्लाका राजा बलिराजको पालादेखि शुरु भएको हिउँदे भैली खेल्ने चलन हराउँदै जान थालेकामा बूढापाका चिन्तित छन् । दशक अघिसम्म हिउँद महिनामा खेलिने भैलोलाई स्थानीयस्तरको महत्वपूर्ण पर्वका रुपमा मानिन्थ्यो ।

महिला र पुरुषमा खस परम्परा अनुरुप छुट्टाछुट्टै भैलो खेल्ने चलन थियो । भैलोमा युवा, महिला, बालबालिका र वृद्धवृद्धासमेत पैताला मिलाएर भैली खेल्न जाने चलन छ । भैलो खेलेर सकिएपछि संयुक्त भोजको आयोजना गरी एकापसमा रमाईलो साटासाट गर्ने चलन छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter