सामाजिक सञ्जालमा छोटो समयमा चर्चा कमाउन सफल गायिका समिक्षा अधिकारिको दोस्रो गीत “वनमा काफल पाक्यो” सार्वजनिक भएको छ । उनीले चलचित्र नाई ‘नभन्नु ल ५’ को ‘बालापनको उमेर’ बोलको गीत गाएपछि समिक्षा चर्चामा आएकी हुन् ।
भाइरल बनेकी समिक्षालाई संगीतकार बसन्त सापकोटाले गीत गाउने अवसर दिएका थिए । उनी उमेरको हिसावले सानै भए पनि स्वर भने कुनै गायिका भन्दा कम भने छैन् रिलिज भएको हालै नयाँ गीत ‘वनमा काफल पाक्या’ मा समिक्षाले आवाज दिएकी छिन् भने संगीत बसन्त सापकोटाको रहेको छ । गीतका शब्द चर्चित गीतकार दिनेश थपलियाले लेखेका छन् ।
गीतको म्युजिक भिडियोलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् । गीतले रोजगारीको शिलशिलामा विदेश बस्ने बुवा र स्वदेशमा बस्ने सन्तानहरुको कथालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । भिडियोमा समिक्षा अधिकारी र बसन्त सापकोटाले अभिनय गरेका छन् ।
हेर्नुस भिडियो
