काठमाडाैँ । प्रदेश नम्बर पाँचको अस्थायी राजधानी रहेको रूपन्देही जिल्लामा शनिबार राति तस्कर र प्रहरीबीच भीडन्त भएको छ । तस्करीले प्रहरी माथि गोली चलाउँदा भएको जवाफी फायरिङमा एक जना तस्कर मारिएका छन । युपी ५३ एच २०२८ नम्बरको भारतीय मोटरसाइकलमा अाएका भारतीय तस्करले गोली प्रहार गरेका थिए ।

प्रहरीका अनुसार तस्करको गोलीबाट  प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् भने उनको बायाँ पाखुरामा गोली लागेको छ । सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करको समूहले गोली हानेको रुपन्देही प्रहरी प्रमुख हृदय थापाले बताएका छन ।

उनका अनुसार प्रहरीको जवाफी कारबाहीमा मारिएका तस्करको पहिचान खुलेको छैन । मारिने तस्कर करीब अन्दाजी ३५ वर्षका रहेका छन । घटना राति करिब १२ बजे तिरको हो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter