पोखरा / पोखराको ढुंगेसाँघु मेलामा दर्शकको सिक्री चोर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । महिलाले गलामा लगाएको सिक्री चार्दे गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिरगञ्ज २३ पर्सा बस्ने १८ बर्षका निरज राय यादव र पर्सा निचुटा बस्ने १८ बर्षका विकास सिं छन् । उनीहरुलाई थप अनुसन्धान भैरहेको बैदाम प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए ।

ढुंगेसाँघु मेलामा यसअघि पनि लुटपाट र चोरीका घटना भैरहेको थियो । त्यसैले प्रहरीले विशेष निगरानी पनि बढाएको छ । पक्राउ परेकालाई चोरी मुद्धामा कारबाही हुने प्रहरीले जनाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter