पोखरा, माघ १८ ।
पोखरा महानगरपालिका १७ छोरेपाटनमा बिहीबार दिउँसो मोटरसाइकल ठोक्किएर मोटरसाइकल चालक घाईते भएका छन् । ‘ग १५ प, ४९३३’ नम्बरको मोटरसाइकल र ‘ग ७ प ९१५१’ नम्बरको मोटरसाइकल ठोक्किएको कास्की प्रहरीले जनाएको छ ।

घाईते हुनेमा पोखरा २२ चिसापानीका २१ वर्षिय शंकर खड्का र पोखरा २२ स्तुपाका १९ वर्षिय आशिष विक छन् । घाईते दुवै चालकको उपचार भइ रहेको प्रहरीले जानकारी दियो । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter