पोखरा, माघ १८ ।
मोटरसाइकलको माध्यमबाट यात्रुलाई गन्तव्य सम्म पु¥याउने सुविधा दिदै आएको टुटल एपको सेवा अब पोखरामा सुरु भएको छ । काठमाडौंमा लोकप्रिय रहेको टुटल एक प्रकारको राइड हेलिङ एप हो ।

एपको प्रयोग गरी आफूलाई कतै जान मन लागेको स्थानका लागि मोटरसाइकल मगाउन सकिन्छ । यसबाट स्थानीय ट्याक्सी भन्दा सस्तो दरमा सेवा प्राप्त हुन्छ । त्यसैले यसलाई मोटरसाइकल ट्याक्सी पनि भनिन्छ ।

यसरी सेवा दिएबापत चालकले आम्दानी र यात्रुले सहयोग पाउने भएकाले पनि टुटल सेवा लोक प्रिय छ । टुटल एप इन्स्टल गरेपछि सेवा दिने चालकले नाम, मोटरसाइकल विवरण र लाइसेन्स लगायतका आवश्यक विवरण दर्ता गर्नुपर्छ । सुविधा लिने यात्रुले एप मार्फत फारम भर्नुपर्छ । एपको प्रयोगकर्ताले जुनसुकै ठाउँबाट पनि सेवा दिन र लिन सक्छन् ।

एपबाट नजिकको टुटल प्रयोगकर्ता चालक खोजी सेवा बुक गर्न सकिन्छ । बुक गर्ने बेलामै यात्रा शुल्कको जानकारी पाउने छन् । यो सेवा काठमाडौं उपत्यकामा मात्र उपलब्ध भएकोमा अब पोखरामा पनि उपलब्ध हुने भएको हो । एप डाउन गरेर आफु भएको ठाउँ र जानेठाउँ जानकारी दिए पछि पोखरामा क्षेत्रमा सेवा दिने कम्पनीले जानकारी दिएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter