काठमाडौँ, २१ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिनुभएको राजीनामा फिर्ता लिएका छन ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र निधिबीचको छलफलपछि उनले राजीनामा फिर्ता लिएका हुन ।

 


गृहमन्त्रीका निधीका प्रेस संयोजक रामजी दाहालले भने “प्रधानमन्त्री र काँग्रेस सभापतिबीच आज बिहान भएको छलफलमा राजीनामा फिर्ता लिन आग्रह गरेपछि निधिले त्यसलाई स्वीकार गर्दै मन्त्रालयमा फर्किन तयार हुनुभएको हो” देशको परिस्थिति र निर्वाचनलाई मध्यनजर गर्दै निधिले राजीनामा फिर्ता लिएको प्रेस संयोजक दाहालले बताए ।

गृहमन्त्री निधिले प्रधानमन्त्रीसमक्ष यही वैशाख १७ गते राजीनामा दिएका थिए

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter