पिपल्स डेली नेपाल / अस्ट्रेलियामा करिब हजार नेपालि विधार्थीहरु अलपत्र  परेका छन् । नेपालका बिभिन्न कन्सल्टेन्सीहरु मार्फत अस्ट्रेलिया पुगेका विद्यार्थीहरु कलेजको आधिकारिकतानै नभएकाले अलपत्र परेका हुन् ।  Australia Institute of Business and Technology (AIBT) नामक कलेजलाई  अस्ट्रेलियाको प्रशिक्षण क्षेत्रको राष्ट्रिय नियामकले शिक्षाको प्रदायक धेरै सर्तहरू उल्लङ्घन गरेकाले उक्त संस्थाको  दर्ता 26 मार्च 2019 खारेज गर्ने निर्णय गरेको हो ।

Brighton Pacific Pty Ltd को नाममा पंजीकृत प्रशिक्षण संगठन (Registered Training Organisation ‘RTO’ ) नम्बर 41138 अन्तर्गत दर्ता गरिएको Australia Institute of Business and Technology (AIBT) नामक कलेजलाई खारेज गरीएको जानकारी अस्ट्रेलियाको नियमक, अस्ट्रेलियन सिप गुणस्तर प्राधिकरण, Australian Skills Quality Authority (ASQA) ले दिएको छ । अलपत्रमा पर्ने धेरै जसो विधार्थीहरु ब्रिसबेन र सिड्नीमा रहेका छन् ।

प्राधिकरणले उक्त संस्था, संस्थाले पाएको  व्यावसायिक शिक्षा तथा  तालिम र अन्तरराष्ट्रीय विधार्थीहरुको लागि शिक्षा प्रदान गर्ने Courses for International Students (CRICOS) गलत तरिकाले पाएको र उलंघन गरेका नियमहरु पुरा नगरेकाले उक्त संस्थाको दर्ता खारेज गरेको जनाएको छ ।  संस्था र संस्थाका एजेन्टहरुले अध्यन पश्चात लाइसेन्स र क्रेडिट पाउने भन्दै विधार्थीहरुलाई भर्म छरेको र त्यो सम्भव नरहेको जनाएको छ ।

प्रतिवेदनका अनुसार, संस्थाले डिप्लोमा नर्सिंग अध्यापन गराउन Australian Nursing and Midwifery Accreditation Council  (ANMAC) स्वीकृति नलिएको थाहा हुँदा हुदै विधार्थीहरुलाई फसाउने कन्सल्टेन्सी र एजेन्सीको गल्ति देखाएको छ । प्राधिकरणले उक्त संस्थाले हाल सम्म पठनपाठनका लागि अपनाएको   श्रोत साधन, कोर्सको प्रयोगात्मक र  लिखित शिक्षा, दक्ष जनशक्ति, अध्यापनका लागि अपनाएको विधि  र सेवा  सुविधाहरुमा प्रस्ट नभएको बताएको छ ।

जोगिने उपाय खोज्दै AIBT

प्राधिकरणको उक्त निर्णय पछि  AIBT ले  Administrative Appeals Tribunal (AAT) मा निवेदन दिने जनाएको छ । AIBT ले उक्त मामलाको लागि बहसगर्न विज्ञ कानुनी व्यवसायी र सम्बन्धित निकायहरु संग कुरा भईरहेको जनाएको छ । AIBT ले Administrative Appeals Tribunal (AAT)को निर्णय कुरेर बस्ने र त्यति बेला सम्म आफ्नो पठनपाठन नरोकिने जनाएको छ । प्राधिकरणले दिएको खारेजीको मिति अनुसार AIBT ले AAT मा निवेदन गर्न जम्मा २८ दिन बाकीं रहेको छ ।

अस्ट्रेलियामा लाइसेन्स प्राप्त नर्स Endorsed Enrolled Nurse (EEN)का लागि Australian Nursing and Midwifery Accreditation Council  (ANMAC) स्वीकृति अनिवार्य रहेको छ । अस्ट्रेलियाका दुई नियामक नर्सिंग कार्यालय Nursing and Midwifery Board of Australia (NMBA) र Australian Nursing and Midwifery Accreditation Council(ANMAC)ले अघिल्लो बर्ष नै प्रत्यक विधार्थीहरुलाई यथार्थ जानकारी गराएर मात्रै भर्ना लिन पत्राचार गरेको तर कलेजले व्यवास्ता गरेको जनाएका छन् ।

अस्ट्रेलियन सिप गुणस्तर प्राधिकरण, Australian Skills Quality Authority (ASQA) ले AIBT ले आफ्ना विधार्थीहरुका लागि शुरक्षित उपाय नखोजेको आरोप लगाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter