काठमाडौँ, १८ माघ । पूर्वयुवराज पारस शाह आज नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् । तेस्रो पटक वृहत् हृदयघात भएपछि नर्भिक अस्पतालमा उपचाररत शाहको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि उनलाई आज अपरान्ह डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

शाहको मुटुको धमनी अवरुद्ध भएपछि उहाँको मेजर अप्रेशन गरिएको थियो । अप्रेसनपछि उनलाई सीसीयुमा राखेर उपचार गरिएको थियो ।

गत माघ १४ गते अचानक छाती दुखेपछि शाहलाई नर्भिकमा भर्ना गरिएको थियो । यसैबीच पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहले पूर्व युवाराज पारसको उपचारमा संलग्न चिकित्सकहरुप्रति आभार व्यक्त गरेका छन् ।

आज एक विज्ञप्ती जारी गर्दै पूर्व राजा शाहले पूर्व युवराज पारसको स्वास्थ्य लाभका लागि उपचारमा संलग्न चिकित्सक, कर्मचारी,व्यवस्थापन एवं सरोकारवाला सबैलाई धन्यबाद दिएका छन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter