संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीका अंगरक्षक अर्जुन घिमिरेले बोकेको पेस्तोल भेटिएको छ । हराएकै दिनदेखि नेपाली सेनाको टोलीले घटनास्थलमै बसेर खोजी तीव्र बनाएको थियो । नाइन एम.ए. को पेस्तोल काम नलाग्ने अवस्थामा फेला परेको सुरक्षा स्रोतले जनाएको छ । केही भाग चोइटिएको छ ।

तीन वटा गोली काम नलाग्ने अवस्थामा फेला परेको र २ वटा राम्रैजस्तो देखिएको सैनिक स्रोतले जनाएको छ । घटनास्थलमा एक थान मोबाइल पनि फेला परेको तर कस्को भन्ने नखुलेको सुरक्षा अधिकारीले बताए ।

मन्त्री अधिकारी सवार एयर डाइनेस्टीको हेलिकोप्टर फुङलिङ नगरपालिका १० तारेभीरको जंगलमा दुर्घटना भएको थियो । बुधबार भएको दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी, उनका अंगरक्षक जमदार घिमिरेसहित ७ जनाको निधन भएको थियो ।
कान्तिपुर बाट 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter