काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना भएका छन् । मुटुको परीक्षणका लागि बुधबार विहान १० बजे महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका प्रधानमन्त्री ओली भर्ना भएका उनको सचिवालयले जनाएको छ ।

सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीलाई अब्जरभेसनमा राखिएको जानकारी दिए । प्रधानमन्त्रीको केही थप परीक्षण गर्नु उपयुक्त देखिएकाले अब्जरभेसनमा राखिएको उनले बुधबार दिउँसो १ः१५ बजे विज्ञप्तिमार्फत जनाएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण प्रा. डा. अरुण सायमी संयोजकत्वमा भइरहेको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter