पोखरा, चैत १६ । पोखरामा १० करोड भन्दा बढी रकम ठगेर एक महिला सम्पर्क विहिन भएकी छिन् । गणेशटोलकी जसुधा पौडेलले स्थानीय र सहकारीको समेत रकम ठगेको बताईएको छ । केही व्यक्तिसँग तत्काल रकम आवश्यक पर्यो भन्दै पौडेलले विगत २ बर्ष अघिदेखि उनका आफन्त सहितका साथीहरुसंग २० लाखदेखि २ करोडभन्दा बढी रकम लिएको श्रोतले बताएको छ । यसबारे पौडेलसँग बुझ्न खोज्दा सम्पर्क भएको छैन ।

पोखरा महानगरपालिका शिशुवाका विशाल बाँस्तोलाले पौडेललाई विगत एक बर्ष अघि ५५ लाख रुपैयाँ दिएका थिए । ६ महिना सापटी स्वरुप दिएका उनले एक बर्ष पुग्दा समेत फिर्ता नगरेको बताए । त्यसैगरी सरस्वती क्षेत्रीले पनि पौडेललाई ५५ लाख रुपैयाँ दिएको तर केहि दिन देखि उनी सम्पर्क विहिन भएको बताईन् ।

पौडेलले पोखरा सभागृहकी शोभा बाँस्तोलासँग समेत २० लाख रुपैयाँ लिएकी खुलेको छ । जसुधा पौडेलको बिषयमा बुझ्न खोज्दा श्रीमान् सुरेन्द्रमणी पौडेलले तीन महिना अघि नै सम्बन्ध विच्छेद भैसकेको बताएका छन् ।

‘म एक कर्मचारी हुँ । श्रीमतिले क्षमता भन्दा बढी कारोवार गर्न थालेपछि घरमा विवाद भैरहन्थ्यो, उनले भने–त्यसपछि उनले नै मसँग डिभोर्स मागिन् । मैले डिभोर्स दिएँ ।’

तेज जेनिया कम्पनीको समेत करिब एक करोड २० लाख रुपैयाँ हिनामिना भएको बताईएको छ । उक्त कम्पनीको बिजनेस पार्टनर समेत भएकी पौडेलले अन्य संचालकहरुसंग विभिन्न बाहानामा रकम संकलन गरेको भन्दै उनीहरुले गुनासो गरेका छन् ।

उनले पोखराका विभिन्न सहकारीबाट ५ करोड भन्दा धेरै लिएको, ढुकुटीमार्फत ३ करोड र अन्य सापटी २ करोड भन्दा बढी हिनामिना गरेको श्रोतले बतयो । धेरैतिर लगानी गरेर प्रतिफल नआएपछि उनी बेपत्ता भएको हुनसक्ने बताईएको छ । चौतर्फी गुनासो आएपनि उनी विरुद्ध कसैले पनि उजुरी भने दिएको छैन । जिल्ला प्रहरी कार्यालयमा औपचारीक उजुरी नपरेको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । पाेखरा न्यूज डटकममा खवर छ । 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter