काठमाण्डौं, चैत १७ ।
नेत्रविक्रम चन्द विप्लव काठमाण्डौं छिरेको बताईएको छ । सरकारले प्रतिबन्ध लगाएपछि आक्रामक गतिविधि गरिरहेको विप्लव समूह बार्ताका लागि तयार भएको श्रोत बताउँछ । विस्फोटसम्मका घटना हुन थालेपछि सरकार झनै कठोर बनेर विप्लव समूहका नेता तथा कार्यकर्ताहरु धमाधम पक्राउ गर्न थालेको छ ।

सत्तारुढ दल नेकपाकै कतिपय नेता विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णयप्रति असन्तुष्ट हुनु र उक्त पार्टीकै वरिष्ठ नेताले आफूलाई जिम्मेवारी दिए वार्ताको वातावरण बनाउन सकिन्न भन्ने अभिव्यक्ति दिनुले भित्रभित्रै संवादको पहल त भइरहेको छैन ? यस्तो आशंका गर्नु अस्वाभाविक होइन । अहिले विप्लव आाफै वार्ताका लागि काठमाण्डौं छिरिसकेको एक अधिकारीले दावी गरे ।

स्रोतले भन्यो, ‘हाम्रो सूचना संयन्त्रले देखाएअनुसार उनी मकवानपुर हुँदै राजधानी आइसकेका छन् ।’ उनी राजधानी आएको दुई दिन भइसकेको स्रोतले जानकारी दियो । नेकपा दोस्रो तहका नेतामार्फत उनीसँग वार्ताको प्रयास भइरहेकाले विप्लव काठमाडौं आएको सुरक्षा स्रोतको दाबी छ । अनौपचारिक रुपमा विप्लवसँग सरकारको वार्ता सुरु भएकाले प्रहरीले कारबाहीलाई पनि केही कमी गर्दै लगेको देखिन्छ ।

धमाधम नेता–कार्यकर्ता पक्राउ पर्नु र कमजोर बन्दै गएपछि विप्लव वार्ताको आएको हुन सक्ने आँकलन गरिएको छ । यद्यपि विप्लव समूहका नेता भने विप्लव वार्ताका लागि काठमाडौं नआएको दाबी गर्छन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter