काठमाडौँ — माओवादी केन्द्रका तर्फबाट सरकारमा सामेल भएका सबै मन्त्रीहरुले शुक्रबार राजिनामा गरेका छन् ।

मन्त्रिपरिषदको बैठक पछि पूर्व स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले पार्टीको पत्रसहित सबै मन्त्रीहरुको राजिनामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन्।

सरकारमा माओवादीका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा मन्त्रीहरु जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारू र प्रभु साह, राज्यमन्त्रीहरू मोहम्द जाकिर हुसैन, राजसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पा सहभागी थिए।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter