काठमाडौँ — सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाललाई नियुक्त गरेको छ । उनी प्राधिकरणका कार्यबाहक अध्यक्ष थिए । उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५ वर्षको लागि प्राधिकरण अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।

पुस ११ मा दिगम्बर झाले प्राधिकरण अध्यक्ष पदबाट राजीनामा दिएपछि सरकारले वरिष्ठ निर्देशक पदमा कार्यरत खनाललाई निमित्त अध्यक्षको जिम्मेवारी दिएको थियो । लगत्तै सरकारले दूरसञ्चार नियमावली संशोधन गर्दै अध्यक्षको अधिकारसहितको कार्यकारी अध्यक्षको पद सिर्जना गरी खनाललाई नियुक्त गरेको थियो । दूरसञ्चार नियमावली संशोधन गरी बढीमा ६ महिनाको लागि कार्यकारी अध्यक्ष नियुक्त गर्न सकिने प्रावधान राखिएको छ ।

गत महिना सरकारले सञ्चार सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा अध्यक्ष पदको लागि सिफारिस समिति गठन गरेको थियो । समितिको सिफारिसमा मन्त्रिपरिषद्ले खनाललाई अध्यक्ष नियुक्त गरेको हो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter