जुवातास खेलिरहेको अवस्थामा पक्राउ :
काभ्रेपलाञ्चोक, ९ साउन / बनेपानगरपालिका-६ राम मन्दिर बस्नेमाहाभारत गाउँपालिका-२ घर भएका ४३ वर्षीय दमाई सिंह वाईवाको घरमा जुवा तास खेलिरहेका सोही ठाउँ बस्ने ४३ वर्षीय दमाई सिंह वाईवा लगायत ७ जनालाईनगद १ लाख ४७ हजार रुपैयाँ र १० बुक सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसैगरी बनेपा नगरपालिका-८ पुरानो खसी बजारबाट तेमाल गाउँपालिका-५ घर भई सोही स्थानमा डेरा गरी बस्ने ६४ वर्षीय चतुरमान तामाङको कोठामा जुवातास खेलिरहेका बेथानचोक गाउँपालिका-५ बस्ने ३० वर्षीय अमृतलामा लगायत ७ जनालाई नगद १ लाख २३हजार रुपैयाँ र १० बुक तास सहित बुधबारसाँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

छुरा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ :
झापा, ९ साउन / दमकनगरपालिका-२बस्ने१८ वर्षीयबिक्रमलिम्बुको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका-३ बस्ने कुशल मगर लगायत ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका बिक्रमको लाईफलाईनअस्पताल दमकमाउपचारको क्रममा मृत्यु भएको हो । छुरा प्रहारबाट घाइते भएका १ जनालाई उपचारका लागि बिएण्डसी अस्पतालबिर्तामोड पठाइएको छ । दमकनगरपालिका-१ स्थितदुर्गामन्दिरपछाडिग्याङफाईटभएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्थानीयसँग रकम माग गर्ने पक्राउ :
भक्तपुर, ९ साउन /  भक्तपुर नगरपालिका-१० कमलविनायकबाटस्थानियहसँग रकम माग गर्ने चागुँनारायण नगरपालिका-४ पिखेल बस्ने २८ वर्षीय सुनिल कार्की लगायत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चार नाल भरुवा बन्दुक फेला :
ताप्लेजुङ, ९ साउन /  फुग्लिङ नगरपालिका-११ फवाखोलास्थित जंगलको ओडारमा मंगलबार दिउँसो बेबारिसे अवस्थामा ४ नाल भरुवा बन्दुक फेला पारीप्रहरीले बरामद गरेको छ । बिमानस्थल सुरक्षा गार्ड सुकेटारबाट खटिएको टोलीले गस्ती गर्दै जानेक्रममा ती बन्दुकहरू फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी :
काठमाडौं, ९ साउन / ललितपुर, काठमाडौं र उदयपुरमा विभिन्न धनमाल चोरी भएको छ । ललितपुरललितपुर महानगरपालिका-४ ईमाडोलस्थित सुनिता तामाङको घरबाट बुधबार दिउँसो नगद तथा सुनका बिभिन्न गहनागरी करिब ६ लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । काठमाडौं कीर्तिपुर नगरपालिका-६ भुतखेल डेरागरी बस्ने मकवानपुर घर भएका ४२ वर्षीय उद्धव खनालकोकोठाबाट बुधबार साँझ सुनका बिभिन्न गहना र ल्याप्टप १ थान समेत गरीकरिब ३ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । उदयपुर चौदण्डीगढी नगरपालिका-७ पानीट्याङकीस्थितखड्ग बहादुर सुन्चौरीको घरमा काम गर्न बसेका महोत्तरी बर्दिबास घरबताउने २७ वर्षीय प्रकाश श्रेष्ठले घरको कोठाबाट बुधबार साँझ नगद ५ लाख ५० हजार रुपैयाँ चोरी गरी फरार भएका छन् । फरार श्रेष्ठको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु :
तनहुँ, ९ साउन /  आबुखैरेनीगाउँपालिका-२बगुवास्थितसडकमा हाल नम्बरनखुलेकोसवारीसाधनको ठक्करबाट बिहीबार बिहान गम्भीर घाइते भएकापैदलयात्रीसोही स्थानबस्ने७९ वर्षीयखड्कबहादुरदर्लामीको छिम्केश्वरी अस्पताल आबुखैरेनीमा उपचारको क्रममा मृत्यु भएको छ । फरारसवारीसाधन र चालककोप्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पहिरोबाट धनमाल नष्ट :
तेह्रथुम, ९ साउन / छथर गाउँपालिका-२ र ३ स्थित विभिन्न ठाउँमा गएको पहिरोबाट तेलिया खानेपानीआयोजनाले निमार्ण गरेको खानेपानीट्रयाङकीमा क्षति पुगदा करिब १४ लाख रुपैयाँ धनमाल नष्ट भएको छ

बालिकालाई बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ :
कास्की, ९ साउन /  पोखरा महानगरपालिका-६ लेकसाईड डिहिगोपाटनस्थित द कन्ट्री यार्ड होटलमा उदयपुर बस्ने १४ वर्षीया बालिकालाई बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर चौदण्डी नगरपालिका-७ बस्ने मोरङ बिराटनगर घर भएका २८ वर्षीय राकेश कुमार कानोडियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उक्त होटलको कोठामा ल्याई बालिकाले प्रयोग गरेको मोबाइल नियन्त्रणमा लिई अविभावकसँग सम्पर्क समेत गर्न नदिई बन्धक बनाई बिगत ८ दिनदेखि जबरजस्ती करणी समेत गरेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित पक्राउ :
मोरङ, ९ साउन / विराटनगर महानगरपालिका-१५ बाट सोही ठाउँ बस्ने ३० वर्षीया अरजिना खातुनलाई लुपिजेसिक २ सय एम्पुल, एभिल २ सय एम्पुल, डाईजोल्याव २ सय एम्पुल, स्पास्मो १ सय ४४ चक्की, नाईट्रासन ३० चक्की, डाईजेल्याप ५ बोतल र नगद २६ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित राम जानकी मन्दिर छेउमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा खातुनले झोलामा राखी लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 दाउ प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ :
कास्की, ९ साउन / श्रीमतीले दाउ प्रहार गर्दा गम्भीर घाइते भएका पोखरा महानगरपालिका-१६ गोष्टेस्थित शिवालय ठाँटी समाज घरमा बस्ने सुक राम परियारको बिहीबार बिहान मृत्यु भएको छ ।
उनकी बोल्न नसक्ने श्रीमती सिता परियारले एक्कासि दाउ प्रहार गर्दा बुधबार साँझ गम्भीर घाइते भएका सुकरामको मातृ शिशु अस्पतालमा लगेर उपचार गरी घर फिर्ता गरेपछि मृत्यु भएको हो । सिता परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बसमा छुटेको नगद २ लाख सम्बन्धित धनीलाई फिर्ता गरिएको :
कास्की, ९ साउन/ बसमा छुटेको नगद २ लाख रुपैयाँ सम्बन्धित धनी पोखरा महानगरपालिका-३३ बस्ने शान्ति पाध्यालाई बुधबार फिर्ता गरिएको छ । क्रमश : पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट बागमारातर्फ गईरहेको ना.६ ख ८४१२ नम्बरको यात्रुबाहक बसमा उक्त नगद सहितको झोला छुटेको भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले उक्त बस रोकेर चेकजाँच गर्दा फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो ।

मृत अवस्थामा फेला :
काठमाडौं, ९ साउन / ओखलढुङ्गा, लिखु गाउँपालिका-५ स्थित भिरबाट लडेर सोही ठाउँ बस्ने ३७ वर्षीय लोक बहादुर पारियार बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् । पर्सा, जगन्नाथपुर गाउँपालिका-२ दसौतास्थित ओरिया खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब १४ वर्षीया बालिकाको शव बिहीबार बिहान फेला परेको छ । झापा, हल्दीबारी गाउँपालिका-१ बस्ने ३८ वर्षीय बीरेन्द्र बुढाथोकी घर नजिकैको खेतमा जमेको पानीमा बिहीबार दिउँसो डुबी मृत्यु भएको अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु :
काठमाडौं, ९ साउन / काठमाडौं महानगरपालिका-२६ कपुरधारा सगरमाथा चोकस्थित सडकमा ३ जना सवार रहेका बा.३० प ७३४८ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किन गई बिहीबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा वारपाक सुनिकोट गाउँपालिका-५ बस्ने २३ बर्षीय मनोज कुमार खड्काको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार रहेका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको हो । पाल्पा, तिनाउँ गाउँपालिका-३ श्रीडाँडा ढुंगाखानीस्थित लु. ४५ प ७८१२ नम्बरको मोटरसाइकल बिहीबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ३१ बर्षीय चालक बुद्ध बहादुर दर्लामीको लुम्बिनी अञ्चल अस्पताल बुटबलमा उपचारको क्रममा मृत्यु भएको छ । लमजुङ, मर्स्याङ्दी गाउँपालिका-४ च्याम्चेस्थित सडकमा ग.१ ज ६७८६ नम्बरको बलेरो जिप सडकबाट बुधबार राति करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक तनहुँ व्यास नगरपालिका दमौली बस्ने करिब ३५ बर्षीय धन बहादुर आचार्यको घटनास्थलमै मृत्यु भएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter