निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यालय कास्की क्षेत्र नम्बर २ (१) गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यालय उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेश सदस्य कृष्ण बहादुर थापाको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच प्रविधियुक्त तरिकाले स्विच थिचेर कार्यालयको उद्घाटन गरे । कार्यक्रममा भौतिक पूर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथि रहेका बस्नेतले साम्सद कृष्ण थापाले गरेको काम उदाहरणिय रहेको र अन्य साम्सदलाई पनि जनताको सेवामा हातेमालो गर्दै अगाडी बढ्न आग्रह गर्नुभयो । विकासका काममा आफ्नो मन्त्रालयबाट सक्दो सहयोग रहने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री बस्नेतले यस निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यालयबाट भरपुर लाभ लिन स्थानीय जनतालाई आग्रह गरे । यस कार्यालयबाट विकासका लागि ल्याउने योजनामा आफूले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष कृष्णबहादुर थापाले जनताको सेवाको लागि कार्यालय स्थापना गरेको र आफ्नै कार्यालय सम्झी विकासका योजनाहरु पेश गर्न अनुरोध गर्नुभयो । जनताका काम गर्न आतुर रहेको हुदा आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरेको बताए । विकास निर्माणको काममा अवरोध गर्न खोज्नेहरुसंग कुनै किसिमको सम्झौता नहुने र क्षेत्र विकासको कामलाई प्राथमिकतामा राखी अघि बढ्ने प्रतिवद्द्ता व्यक्त गरे । थापाले कार्यक्रम उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै आउदै गरेका चाडपर्वको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वयका सभापति बैन बहादुर क्षेत्रीले स्वागत मन्त्व्य राखेका थिए भने महानगर प्रमुख मान बहादुर जिसीले शुभकामना व्यक्त गरेका थिए ।

यसैबीच कार्यक्रममा महान पर्व दिपावली, नेपाल संवत्, छठ लगायत सबै पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो । सबैले सबैमा सकारात्मक सोच विकासको कामना व्यक्त गरिएको थियो ।

यस्तै वडा नम्बर ७, १५, १७, २१ र ३३ का वडाबासीका समस्यालाई समयमै समाधान गर्ने र विकासका कामहरु चुस्तदुरुस्त बनाउन कार्यालय लागी पर्ने प्रतिबद्धता व्यक्त गरे । यो निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यालय गण्डकी प्रदेश कै पहिलो कार्यालयको रुपमा स्थापना भएको सांसद कृष्ण थापाका स्वकिय सचिव महेन्द्र पौडेल उपाध्यायले जानकारी दिए ।

कार्यक्रममा क्षेत्र  नम्बर २ ख की मिना गुरुङ, पोखरा महानगर कमिटीका अध्यक्ष दिपक पौडेल, नेकपा जिल्ला कमिटी सदस्यहरु महानगर सचिव विश्व लामिछाने, नेकपा वडा कमिटीका अध्यक्षहरु, निर्वाचित वडा अध्यक्षहरु , जनप्रतिनिधीहरु, नेकपाका सबै तहका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु , प्याब्सन कास्कीकी पूर्वअध्यक्ष चिनु रानाभाट सहभागी रहेका थिए ।

कार्यक्रमको संचालन गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालाले गर्नुभएको थियोे ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter