सुन्दर शहर पोखरा नगरीमा पौष ५ गते शनिबारका दिन दिउसो ३ बजे देखि लायन्स क्लब अफ पोखरा पिस सेन्ट्रल सिटी र लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीको संयुक्त आयोजनामा पोखरा सभागृहमा लायन्स म्युजिकल नाइट हुने भएको छ ।

उक्त कार्यक्रममा नेपालका चर्चित आधुनिक गायक प्रमोद खरेल , लोक दोहोरीका बादशाह पशुपती शर्मा तथा लोक दोहोरी चर्चित गायिका सम्झना भण्डारी , आधुनिक पप गायक तथा नेपाल आइडलका फस्ट रनर अप बिक्रम बराल , भोजपुरी फिल्मकी चर्चित मोडल तथा नायिका मेनुका माझी र स्ट्यान अफ कमेडियन डोरेस खतिवडा र अन्य स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।

कार्यक्रमका संयोजक महेन्द्र उपाध्यायले कार्यक्रमबाट उठेको रकमबाट ब्लड क्यान्सर पीडित मादी गाँउपालिका ४ मा बसोबास गर्दै आएका ५० वर्षीय सत्यराज सापकोटाको उपचारर्थ तथा माछापुच्छ«े गाउपालिका २ खादरजुङ मा रहेको श्री बाराही आधारभुत बिद्यालयमा रहेका ५१ जना विद्यार्थीहरुलाई आवश्यक सहयोग गर्नका लागि कार्यक्रम गरिएको जानकारी गराएका छन् ।

लायन्स क्लब अफ पोखरा पिस सेन्ट्रल सिटीका अध्यक्ष बिक्रम गुरुङ्गले कार्यक्रम गर्दा उठेको रकम दुरुपयोग नगरी विशुद्घ समाजसेवामा खर्च गरिने र सापकोटाको अवस्था देख्दा समाजमा रहेका सहयोगी मनहरु, संघसंस्था , क्लव आदिलाई आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अपिल गर्नु भयो ।

लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीका अध्यक्ष चेतन कार्कीले लायन्सको माध्यमबाट समाजमा रहेका दुखी पीडित असाहयहरुको सेवामा सारथी रहने प्रतिवद्घता व्यक्त गर्नु भयो ।

ब्लड क्यान्सर पीडित सापकोटा हाल भारत स्थित दिल्ली अस्पतालमा उपचारर्थ छन् ।

कार्यक्रमको संचालन प्राइम टेलिभिजका चर्चित भिजे सचित खड्काले गर्ने भएका छन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter