नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने जानकारी दिएको छ ।

प्राधिकरणको परिपत्रअनुसार अब आन्तरिक तथा बाह्य दुबै उडान १५ अप्रिल (३ वैशाख) सम्म नै बन्द रहने छन् । अर्थात् लकडाउन २५ चैतमा खुले पनि हवाई कम्पनीले भने ३ वैशाखसम्म उडान गर्न पाउने छैनन् ।

यस अविधमा कुनै पनि व्यवसायिक उडान हुने छैनन् । तर, आकस्मिक अवस्थामा चार्टर्ड फ्लाइट, मेडिकल फ्लाइट, एयर एम्बुलेन्स तथा आकस्मिक अन्य उडान भने रोकिने छैनन् । यो निषेध आन्तरिक र बाह्य दुबैमा कायम रहने भएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter