नवलपुर जिल्लाको देवचुली नगरपालिकाबाट आफ्नो गुनासोहरु सुनाउन पोखरा आएका किशोरीहरुले गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन मगरलाई भेटेका छन् । सामाजिक विकास मन्त्रालयमा मन्त्रीलाई भेट्दै किशोरीहरुले नवलपुरमा बालविवाह, किशोर किशोरीहरुबीच विभेद, यौन जन्य हिंसा, पहिचानमा समस्या, लागु पदार्थ दुव्र्यसन, आत्महत्या रोकथाम आदि विषयमा प्रश्न गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले किशोरीहरुलाई नीतिगत सुधारमा मन्त्रालय निरन्तर काम गरिरहेको जानकारी दिनुभयो । अहिलेको संविधानले नीतिगत रुपमा नै महिला प्रतिनिधित्व ग्यारेन्टी गरेकाले इतिहासमा नै पहिलो पटक उत्साहजनक सहभागिता हुन सकेको बताउनुभयो ।

“हामीले राजनीतिमा होमिँदा अहिलेको जस्तो सहज परिस्थीति थिएन”, उहाँले अगाडि भन्नुभयो, “हामीले गोरेटो खन्दै यहाँसम्म आइपुग्यौं, अबका किशोरीहरु यही बाटोमा मुख्यमन्त्री र प्रधानमन्त्री बन्न सक्ने आधार तयार भएको छ ।”
किशोरीहरुले अगाडि बढ्नका लागि किशोरहरुलाई जस्तो सहज नभएको बताउँदै उहाँले पहिले मन अनि परिवार र समाजलाई जित्नुपर्ने बताउनुभयो । त्यसै गरी उहाँले यही आर्थिक वर्षभित्र प्रदेश बालबालिका सम्बन्धी ऐन पारित भइसक्ने र त्यसले बालबालिकाहरुलाई नीतिगत रुपमा सहयोग हुने बताइन् । जागृति बाल तथा युवा सरोकार नेपालको अध्यक्ष तिलोत्तम पौडेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा नवलपुरबाट आएका ४५ जना किशोरीहरुले सहभागिता जनाएका थिए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter